परदेशीका श्रीमतीलाई लगाइले लाञ्छना अपराध हो Stigma against wives of migrants a crime - The videos PSA is about the impact of stigma. It is to raise awareness on stigma or mistreatment faced by migrants and families that is punishable by law. Safer Migration (SaMi) supports migrant workers and their families to deal with social implications of migration, such as stigma, discrimination and distress, through its psychosocial interventions. श्रीमान वैदेशिक रोजगारीमा हुँदा घरमा रहेका श्रीमतीको कार्य जिम्मेवारी अत्याधिक बढेको छ । धेरै जस्तो अवस्थामा महिलाहरुले दुवै अभिभावकको जिम्मेवारी बहन गर्नुका साथै एकल रुपमा परिवार ब्यवस्थापन गर्नुपरेको छ । तथापी महिलाहरुले गरेको योगदानको यथोचित कदर हुन सकेको छैन । कहिले परिवारबाट सहयोग र प्रेरणा पाउँदा पाउँदै पनि महिलाहरुले अफ्ठ्यारो अवस्थाको सामना गर्नु परेको छ भने, धेरै महिला परिवार, छर–छिमेक तथा समाजबाट विभिन्न लाञ्छना भोग्न वाध्य छन् । यस्तो अवस्था रहनु हुँदैन भन्ने मान्यता राख्ने सामीले, यस विषयमा जन चेतना अभिवृद्धि गर्ने उदेश्यले यो भिडियो निर्माण गरेको हो ।